२१ बैशाख २०८१, शुक्रबार

एमसीसी (MCC) राष्ट्रको हितमा छैन


एमसीसी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सहयोगको पछि स्वार्थ छिपेको हुन्छ किनभने त्यसै सहयोग कसैले दिन सक्दैन । अब नेपालको अवस्था थाहा पाएपछि त्यहाँबाट फाइदा उठाउन सकिन्छ भन्ने अनुसन्धान गरेरै रूपैया सहयोग गर्न एमसीसी पछि लागेको र केहिलाई खरिद गरिसकेको हुनुपर्छ ।

ऋण होस् वा सहयोग यसले देश र नागरिकलाई फाइदा होइन वेफाइदा हुने कुरामा दुईमत छैन । कुनै पनि देशको आन्तरिक कुरा जब विदेशी सामु छर्लंग हुन्छ त्यतिबेला फाइदा उठाउन कस-कसलाई किन्न सकिन्छ भन्ने जाल विछाएको हुन्छ ।

नेपाली हरहालतमा सहयोगको जालमा फस्नु उपयुक्त छैन । यसले देशलाई ठूलो नोक्सान गर्न सक्छ । हामीले विकास गर्न टाढा जानुपर्दैन । जलस्रोतको धनी देश जलविद्युत उत्पादन गर्न सकिन्छ । जलबाट नहर बनाई खेती योग्य जमिनमा पानी पुर्याउन सकिन्छ ।

बन्द उद्योग खोल्न सके बेरोजगार हट्नुको साथै विदेशी डलर भित्राउन प्रशस्त सम्भावना छ । मैले यो भन्दा अगाडिको लेखमा एमसीसी ठिक छ । प्राप्त रकमलाई विकासमा लगाउन सके राम्रो फाइदा हुन सक्छ भन्ने विचार थियो तर देशमा भ्रष्टाचार व्याप्त भएको यस घडिमा सहयोगमा पनि भ्रष्टाचार नहोला भन्न सकिदैन ।

जडिबुटी कै कुरा गरौं अहिले जडिबुटीमाथि बिदेशीले नेपाललाई आँखालाई रहेका छन् भन्दा खासै फरक छैन । नेपालमा अनौठा प्रजातीका जडिबुटी छन् धातुछन् जसको मुल्य आँक्न सकिदैन । नेपाल प्राकृतिक स्रोतले धनी छ । बहुमुल्य धातु निकालेर पास गर्न सक्ने प्रयाप्त सम्भावना देखिन्छ । त्यसैले भविष्यमा हामी धेरै पछाडि पुग्नेछौं ।

हाम्रो सानो गल्ती ले देशले ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ । भविष्य नहेरी वर्तमानलाई हेर्दा यसको नतिजा राम्रो नहुने निश्चित छ । हिजोका ती सन्धिले नेपाललाई के के फाइदा भएको छ हामीले यस विषयमा गहिरो तरिकाले सोच्नुपर्छ र मात्र हामी अघि बढ्न सक्नुपर्छ ।

विदेशीले सहयोगको नाममा ठूलो दुनो सोझाएको देखिन्छ तर नेपालीहरूले बर्तमानलाई हेर्ने गर्दा ठूलो नोक्सान वेहोर्नु परेको छ । म कसैलाई पनि दोष दिन चाहन्न तर देशलाई अहित हुने काम कोहि कसैबाट नगरौ भन्ने आग्रह गर्न चाहन्छु । नेतृत्वले हमेसा देशको हित भन्दा बाहिर गएर काम नगरौं, यसैमा सबैको कल्याण हुनेछ ।

नेपालीहरूले पटक-पटक सन्धि गरेर यो देशलाई खोक्रो पार्दै अघि बढेका घटना हामीले सुन्न सक्छौं । विभिन्न सन्धि गर्ने केहि पुस्ता अहिले पनि राजनैतिक नेतृत्वमा हुनुपर्छ । यसरी सन्धि गर्दा देशले के उपलब्ध गरेको देखियो र फेरि हामीले एमसीसीको पछि भाग्दैछौं ।

त्यसैले विना संकोच देशको लागि यो ठिक छैन भनेर बहिष्कार गर्न सक्नुपर्छ । सन्धिबाट के के देशले फाइदा उठाउदै छ, उहाँहरूले भन्नुपर्छ, महाकाली जस्ता अनेकौं सन्धि गरेर देशलाई के फाइदा भयो र अब हुने सन्धिले को कसलाई फाइदा हुन सक्छ । सन्धि गर्दा हमेसा भविष्यलाई हेरेर काम गर्न सक्नु पर्छ । गल्ती भएको भए हामीले गल्ती गर्‍यौँ, सुधार पनि हामी गर्छौँ, अपमानको भार भावी पुस्ताले व्यहोर्नुपर्ने छैन भनेर उहाँहरूले घोषणा गर्न सक्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार, नेपालपत्रको सल्लाहकार तथा स्तम्भकार हुनुहुन्छ ।

यो पनि पढनुहोस्

एमसीसी (MCC) भनेको के हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !