सर्वत्र प्रधानन्यायाधीशको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ?
काठमाडौं । सर्वोच्च अदालतकै न्यायाधीशदेखि पूर्वप्रधानन्यायाधीशसम्मले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दा पनि राजनीतिक दलहरू भने मौन छन्। उनीहरू दलीय स्वार्थका कारण चुप लागेको कानुन व्यवसायीको आरोप छ। महासंकटको डिलमा पुगेका जबराका विषयमा सत्तासीन कांग्रेसदेखि विपक्षी एमालेका नेताहरूले मुख खोलेका छैनन्।