कर्णाली प्रदेश सरकारको प्राथमिकतामा सडक र विद्युत्
३ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटमा सडक र विद्युत्लाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले नागरिकलाई राज्यको हरेक सेवासुविधाको पहुँचमा ल्याउने प्रमुख आधार सडक र विद्युत्लाई ठहर गर्दै यसमा प्राथमिकता दिएको हो