आजको संसद् बैठकमा रास्वपा सभापति लामिछाने सम्बोधन गर्ने
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।