काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज उनीहरूबीच भेटवार्ता भएको हो।
प्रतिनिधिसभाको बैठकअगाडि प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाह र सभामुख अर्यालवीच करिब ३५ मिनेट भेटवार्ता भएको बताइएको छ ।









