काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिकरूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताएका छन् । मदन–आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलिसभामा उनले राजनीतिक संरक्षणमा बढ्दै गइरहेको भ्रष्टाचारले देश विकासमा अवरोध पुर्याएको बताए