२२ आश्विन २०८३, बिहिबार

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ उपाध्यक्ष नियुक्त


पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ उपाध्यक्ष नियुक्त

काठमाडौं । नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त भएकी छन् । पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । अध्यक्ष ओलीले शपथ गराएसँगै उनी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुगेकी हुन् ।

वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो । वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !