२२ आश्विन २०८३, बिहिबार

एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारी सहभागी


एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारी सहभागी

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । आज बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औँ महाधिवेशनपछिको पहिलो बैठक बसेको हो ।

बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् । पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले यही असोज ६ गते वरिष्ठ नेता बनाएको थियो । उनको वरीयता अध्यक्ष केपी शर्मा ओलीपछि हुने गरी तोकिएको छ ।

भण्डारीको भूमिका प्रस्ट्याएर ओलीले अपानि जारी गरिसकेका छन् । उनी वरिष्ठ नेता बनेपछि पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । उनी २०७२ मा राष्ट्रपति भएपछि त्यसयता उनी एमाले बैठकमा सहभागी हुन पाएकी थिइनन् । दुई पटक गरी २०७९ मा राष्ट्रपतिको कार्यकाल पुरा गरेकी भण्डारी यसअघि नै एमाले राजनीतिमा सक्रिय हुन चाहेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !