इजरायलको प्रधानमन्त्री कार्यालयले भन्यो– विपीन जीवित रहेको प्रमाण हामीसँग छैन
काठमाडौं । इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशी जीवित रहेको प्रमाण नभेटिएको जनाएको छ । इजरायलको प्रधानमन्त्रीका सल्लाहकार जनरल गल हिर्शले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपीन जीवित रहेको प्रमाण आफूहरूसँग नरहेको जानकारी गराएका हुन्