काठमाडौँ । सरकारका कामकारबाहीलाई पारदर्शी र जनउत्तरदायी तुल्याउन प्रभावकारी संसदीय निगरानी र खबरदारी संयन्त्रको आवश्यकतामा जोड दिइएको छ । नेपालको संसद् र संसदीय समितिका निर्देशन कार्यान्वयन अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा विज्ञले कार्यकारीको कामको रखवारी र खबरदारी प्रभावकारी संसदीय अनुगमनबाट