काठमाडौँ, २८ साउन । गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आज बसेको बैठकमा उहाँले परराष्ट्र मन्त्रालयले दुई पक्षीय छलफलमार्फत समस्या समाधान गर्न सक्ने बताउनुभयो ।