ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै आज शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । ७६ वर्षीय शाहाबुद्दिनले अप्रिल २०२३ देखि सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आएका थिए ।