ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै आज शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
७६ वर्षीय शाहाबुद्दिनले अप्रिल २०२३ देखि सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आएका थिए । उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरता पनि परेको थियो ।
शाहाबुद्दिन अप्रिल सन् २०२३ देखि बंगलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए । उनले देशको निकै संवेदनशील अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
सन् २०२४ को अगस्टमा सरकारी जागिरमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलन अनियन्त्रित भएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेपछि देशमा उत्पन्न भू–राजनीतिक अस्थिरताका बिच अन्तरिम सरकार गठन नहुँदासम्मको संक्रमणकालीन अवधिमा शाहाबुद्दिनले राष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए ।
हसिनाले स्वदेश फर्कने घोषणा गरेपछि सरकारमाथि उनका उच्च पदमा रहेका अन्तिम सहयोगीलाई पनि हटाउन सार्वजनिक दबाब बढेको थियो । यही कारण सरकारकै आग्रहमा शाहाबुद्दिनले पद छाड्न सहमति जनाएको भन्दै यसअघि समाचार आएका थिए ।













