मुस्लिम राष्ट्र युएईमा पोप फ्रान्सिसको ऐतिहासिक भ्रमण
२२ माघ, अबुधाबी । अरब मुस्लिम राष्ट्र युनाइटेड अरब इमिरेट्सको अबुधाबी रङ्गशालामा मङ्गलबार पोप फ्रान्सिस पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ । रङ्गशाला भित्र र बाहिर गरी करिब एक लाख ७० हजार क्याथोलिक धर्मावलम्बी भेला हुने अपेक्षा गरिएको छ ।