लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ । विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको संरक्षणका लागि नगरपालिकाले तीन समूहलाई पञ्चेबाजाका सेट वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो ।