२४ वैशाख, पाँचथर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेस एकजुट भएर अघि बढ्ने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज पार्टीका नेता कार्यकर्तासँगको छलफल तथा अन्तक्र्रियामा नेता सिटौलाले पार्टीभित्र फरक मत हुन सक्ने तर फरक मतलाई नेतृत्वले स्वीकार्नुपर्ने बताउनुभयो