भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकामा चिन्ता व्यक्त गरेका छन् । भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको आज उद्घाटन गर्दै उनले नेपालमा दलको सत्ता मोहले जनताले दुःख पाइरहेको बताए