काठमाडौँ । तिहार र छठ बिदामा पनि नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र (काउन्टर) सञ्चालन हुने भएका छन् । टेलिकमले तिहार र छठ बिदामा विभिन्न सेवाहरूको महसुल भुक्तानी, सिमकार्ड वितरण तथा परिवर्तन सम्बन्धी काम गर्न काउन्टर खुला गर्ने भएको हो ।