गृहमन्त्रीबाट डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी
२२ वैशाख, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको हो ।