काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले शाक्यलाई बुधबार पक्राउ गरेको हो । ललितपुर महानगरपालिका-३ पुल्चोक बस्ने ६० वर्षीय शाक्यलाई बुधबार भनिमण्डलबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए ।