काठमाडौं, भदौ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । आज शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिँदै यस्तो बताएका हुन् ।