बुङ्मतिस्थित आरतीघर पुनःनिर्माण गरिने
२६ कात्तिक, ललितपुर । बुङ्मतिस्थित आरतीघर ललितपुर महानगरपालिका र गुठी संस्थान मिलेर पुनःनिर्माण गर्ने भएका छन् । भूकम्पका समयमा भत्किएको यो घर भत्कँदा मत्स्येन्द्रनाथको विभिन्न पर्व र धार्मिक क्रियाकलापमा अवरोध पुगेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।