काठमाडौं । एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल समूहका २१ जना सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् । नेपाल र खनाल समूहका सबै सांसदहरुले सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् । सांसद सुरेन्द्र पाण्डेले पनि राजीनामा दिन तयार भएका छन् ।