, प्रहरी Archives - Nepalpatra

प्रहरी

  • हवाई फायर

    प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा

    वासिङ्टन, ३२ जेठ । संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक भएको छ । स्थानीय संचार माध्यमका अनुसार राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेकै अवस्थामा […]

  • लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

    ३१ जेठ, काठमाडौं । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् । गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा […]

  • गृह मन्त्रालय

    आपराधिक घटनामा कमी आयो : प्रहरी

    काठमाडौँ, २९ जेठ । मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ । नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ । तथ्याङ्कमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ । प्रहरीले केही कत्र्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती करणीका […]

  • एम्बुलेन्स

    एम्बुलेन्सले बाटोमै शव छोडेछ : प्रहरी

    सुर्खेत, २६ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी ग¥यो […]

  • ट्राफिक सचेतना

    प्रहरीको सडकमै बास !

    डोटी, १५ जेठ । कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका डोटीका प्रहरीको पछिल्लो समय सडकमै बास हुन थालेको छ । भारतबाट दैनिक सयौँ नागरिक जिल्ला प्रवेश गर्न थालेपछि उनीहरुको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीसहित अन्य ड्युटीमा खटिने प्रहरी खुला सडकमै रात बिताउने गरेका छन् । लकडाउनमा अग्रमोर्चामा […]

  • कोभिड-१९

    भक्तपुरमा कोरोना पुष्टि भएका सशस्त्र प्रहरी र नर्सः दुई बस्ती बन्द

    भक्तपुर, ३१ वैशाख । भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ । काठमाडौँ उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए । ं सङ्क्रमित सशस्त्र प्रहरी केही दिनअघि मात्रै […]

  • प्रहरी र स्थानीयवासी बीच झडप

    चितवनमा प्रहरी र स्थानीयवासी बीच झडप

    चितवन, २७ वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ […]

  • प्रहरी र व्यापारीबीच झडप

    बाँके, २३ वैशाख । निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी […]

  • सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

    काठमाडौँ २१ वैशाख । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउन लागिएको हो । आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा बसेको सुरक्षा […]

  • एम्बुलेन्स

    यात्रु बोकेको एम्बुलेन्स प्रहरीद्वारा नियन्त्रित

    पाल्पा, ३ वैशाख । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा […]

  • nepal-police

    स्थानीय तहका आफ्नै प्रहरी

    तम्घास, २० फागुन । गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले गत चैत १ गतेबाट दुई महिला र तीन पुरुष गरी पाँच […]

  • nepal-police

    दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या

    पाल्पा, ८ माघ । जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । चार सय ५८ प्रहरी हुनुपर्नेमा अहिले तीन सय १३ प्रहरी मात्र कार्यरत छन् । करिब १४५ प्रहरीको अझै अभाव देखिएको हो । प्रहरीको दरबन्दी अनुसार जनशक्ति अभावले प्रहरीलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्न समस्या देखिएको हो । करिब एक महिनादेखि […]

  • रंगशालामा दर्शकमाथि प्रहरीको कुटपिट

    रंगशालामा दर्शकमाथि प्रहरीको कुटपिट

    मंसीर २४, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका फुटबल समर्थकमाथि प्रहरीले कुटपिट गरेको छ । आज मंगलबार १३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच हुने खेलको टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो । उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि घेरा हालेर लाठीले कुटेको थियो । […]

  • प्रहरी चौकी धाउँदै वाणी कपुर

    एजेन्सी, बलिउड एक्ट्रेस वाणी कपुरले धर्मबारे ख्याल नगरी तस्बिर खिचाउँदा र बोलेको विषयमा प्रहरीमा निवेदन परेपछि अहिले उनी प्रहरी चौकी धाइरहेकी छन् । उनले अघिल्लो साता ‘हरे राम’ लेखेको कपडाको ब्रा लगाएर खिचेको तस्बिर सार्वजनिक गरेकी थिइन् । तस्बिरले धार्मिक भावनामा चोट पुगेको भन्दै मुम्बई पुलिसमा उजुरी परेपछि वाणी कपुर प्रहरी चौकी धाइरहेकी छन् ।

  • police sajhedari

    घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? ‘प्रहरीलाई जानकारी दिनुस् !’

    ६ असोज, काठमाडौं । चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ । उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ । उपत्यकाको तीनैवटा परिसरले सार्वजनिक गरेको चाडबाड लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले कुनै पनि […]

  • Nepalpatra

    बिटमै प्रहरी छैनन्,सुरक्षामा चुनौती

    काशीराम शर्मा, बाँके, ८ असार । नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन् । सडक चौडा पारिएका छन्, सडक रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ । शहर जति विकासको गतिमा अघि बढिरहेको छ, सुरक्षा चुनौती पनि उत्तिकै थपिएको छ । […]

  • School

    अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

    १९ पुस, साँखु । केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा […]

  • nepal-police

    ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

    ६ पुस, काठमाडौँ । नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु गरेको अभियानलाई कार्यान्वयन गर्न उक्त समिति गठन गरेको हो । गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन […]

  • lalitpur 4

    प्रहरी र महानगरपालिकाबीच सम्झौता

    १३ कात्तिक, ललितपुर । महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि प्रमुख क्षेत्रीले आम नागरिकमा अपराध कसरी हुन्छ, […]

  • असुली गर्दै प्रहरी 

    भारतबाट बोका ल्याउनेसँग असुली गर्दै प्रहरी 

    ३१ असोज, महोत्तरी । महोत्तरीको विभिन्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट बलिका लागि बोका ल्याउनेसँग जथाभावी रकम असुल गरिरहेका छन् । जलेश्वर नगरपालिका–२ का बद्री पासवानले जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै बोका ल्याएपछि उनलाई त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले पैसा मागेको आरोप लगाएका छन् । उनले आफूजस्ता […]

प्रहरी Archives - Nepalpatra