काठमाडौं, कात्तिक १७। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन् । ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म राखेको दावी गरे ।