१५ बैशाख २०८१, शनिबार

खोटाङमा “प्रथम शुक्र स्मृति भलिबल” प्रतियोगिता सुरु, प्रथमले ३० हजार पाउने


शुक्र राना मगर

खोटाङ् । बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेमा शुक्र राना मगरको प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । वडा नं.२ सुन्तले निवासी गंगा बहादुर राना मगरको छोरा शुक्र राना मगर गतवर्ष पुस २४ गतेका दिन आफ्नै घरमा सामान्य ज्वरोका कारण मगरको निधन भएका थिए ।

मगर एक कुसल खेलाडी थिए । उनी खोटाङ् जिल्ला स्तरीय खेलाडीहरु मध्ये एक खेलाडी थिए । सानै उमेरदेखि भलिबलमा सक्रिय रहेका उनले जिल्लामा भएका जिल्ला स्तरीय खेलहरुमा सहभागी भइ धेरै खेलहरु जितेका थिए । जिल्लाका विभिन्न ठाउँहरुमा खेल खेलेका उनलाई जिल्लामा निकै चर्तित खेलाडीको रुपमा पनि चिनिन्थ्यो । शारीरिकरुपमा थोरै होचो भएपनि खेल खेल्नमा भने एकदमै राम्रो थियो । मगर सामेल भएका खेलहरु प्राय सधै जित्ने गर्थ्यो । लामो समयसम्म खेल खेल्दै आएका मगर केहि वर्ष अगाडी रोजगारीको सिलसिलामा विदेश गएर आएक थिए । त्यसपछि घरमै बस्दै आएका मगर अचानक आफ्नै निवासमा ज्वरोका कारण निधन भएका थिए ।

 शुक्र राना मगर

मगरको पहिलो स्मृति दिवसको अवसरमा खुल्ला पुरुष भलिबल, महिला भलिबल र लोकदोहोरी प्रतियोगिता गरिएको आयोजक समितिले जानकारी दिए । आयोजकका अनुसार खेल ९ गतेवाट १२ गतेसम्म संचालन हुने छ । पुरुष भलिबलमा प्रथम भएका खेलाडीले ३० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तैगरी क्रमश २०/१० हजारसहित शिल मेडल र प्रमाणपत्र पाउने छन् ।

 शुक्र राना मगर

महिला भलिबल तर्फ प्रथम पुरस्कार १५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र रहेको छ भने क्रमश: १० हजार र ५ हजारसहित शिल, मेडल र प्रमाणपत्र रहेको छ । लोकदोहोरी तर्फका पुरस्कारहरु ५ हजार, ३ हजार र २ नगदसहित शिल मेडल र प्रमाणपत्र रहेको छ ।

शुक्र राना मगर

शुक्र राना मगर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु