१४ बैशाख २०८१, शुक्रबार

सागमा कुन देशले कति पदक जिते ?


साग

मंसीर २४, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) १० दिनसम्म चलेर आज मंगलबार समापन भएको छ । ‍१३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा हासिल गर्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । १३ औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए। आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो।भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो।

गौरिका सिंहले १३ औँ सागमा एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान राखिन् । गौरिकाले ४ स्वर्ण र २/२वटा रजत र कांस्य जितिन् । नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दोमा जित्यो । तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जितेको छ । यस्तै,नेपालले ६० रजत र ९६ कांस्य गरी कूल २०६ वटा पदक जित्यो।

भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ कांस्य सहित कुल ३१२ वटा पदक जित्यो । श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ वटा कांस्यसहित २५१ वटा पदक जित्यो । पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा कांस्य, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य, माल्दिभ्सले १ स्वर्ण र ४ वटा कांस्य जित्यो ।

सागमा कुन देशले कति पदक जिते ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु