२२ बैशाख २०८१, शनिबार

एसिया कप क्रिकेट: कप्तान ज्ञानेन्द्र शून्यमै आउट


२८ कात्तिक, काठमाडौं । इमेर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमै गुमाएको हो ।

बंगलादेशमा आजदेखि सुरु एसिया कपमा ब्याटिङ गर्न आएका शरद भेषवाकर र कुशल भुर्तेलले नेपालको पारी उकास्ने कोसिस गरिरहेका छन् । १५ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा नेपालले ४७ रन बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !