१४ बैशाख २०८१, शुक्रबार

साफ फुटबलः उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने


फुटबल

काठमाडौँ, २३ साउन । घरेलु मैदानमा आयोजना हुन लागेको तेस्रो संस्करणको साफ यु–१८ (अठार वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने छन् ।

आज सार्वजनिक गरिएको खेल तालिकानुसार हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदान नेपालले पहिलो खेल आगामी असोज ३ गते खेल्नेछ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अनुसार साविक विजेता नेपालले दोस्रो खेल असोज ५ गते माल्दिभ्ससँग तथा समूहको अन्तिम खेल असोज ७ गते भुटानसँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनल खेल असोज १२ गते हुनेछ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !