१४ बैशाख २०८१, शुक्रबार

विश्वकप क्रिकेट: आज वेस्ट इन्डिज र बंगलादेश भिड्दै


एजेन्सी, २ असार । विश्वकप क्रिकेटमा काउन्टी स्टेडियममा आज (सोमबार) साँझ ३ः१५ बजे वेस्ट इन्डिज र बंगलादेशवीच प्रतिस्पर्धा गर्दैछन् । खेलमा दुवै टोली जित निकाल्ने अभियानमा छन् ।

वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा पराजित भएको थियो । छैटौं पटक विश्वकपमा सहभागिता जनाई रहेको बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन ।

दुवै टोलीले आज विश्वकपमा पाँचौं खेल खेल्दैछन् । दुवैले तीन तीन अंक बनाएका छन् । वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र बंगलादेश आठौं स्थानमा छ । यी दुवै टोलीले एक एक खेल जितेका छन् । एक एक खेलमा हार खेपेका दुवै टोलीको एक एक खेल बर्षाका कारण रद्ध भएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !