१५ बैशाख २०८१, शनिबार

एस्ट्रोनोमी ओलम्पियाड प्रतीक चिन्ह प्रतियोगिता


Nepalpatra

११ मङ्सिर, काठमाडौँ । छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्व तयारीस्वरुप नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रतीक चिन्ह प्रतियोगिता आयोजना गरेको छ ।

मङ्सिर १४ गतेसम्म प्रतीक चिन्ह बनाएर पठाई प्रतियोगितामा सहभागी हुन सकिने सोसाइटीले जनाएको छ । उत्कृष्ट हुनेले राजधानीमा आयोजना हुने कार्यक्रममा रु पाँच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । छानिएको प्रतीक चिन्ह “छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९” को आधिकारिक हुनेछ । सोसाइटीले सन् २०१३ देखि प्रत्येक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

खगोल विज्ञान, शिक्षा, नेपाल र “छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९” झल्कने प्रतीक चिन्ह हुनुपर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । निःशुल्क आवेदन दिन पाइने भए पनि एक व्यक्तिले एउटै मात्र पेश गर्नुपर्ने र आफ्नै मूल विचार र सिर्जना झल्कने खालको हुनुपर्ने उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !