२६ बैशाख २०८१, बुधबार

स्वीडेनलाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड २८ पछि सेमिफाइनलमा प्रवेश


igland

२३ असार, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा स्वीडेनलाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड २८ पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

१९९० को विश्वकपमा चौंथो भएको इङल्याण्डले त्यसपछिका विश्वकपमा क्वार्टरफाइनल पार गर्न सकेको थिएन । त्यसअघि इङल्याण्डले १९६६ मा विश्वकपको उपाधि जितेको थियो ।

इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्‍याउने क्रममा ह्यारी म्यागुइरे र डेले अल्लीले गोल गरेका थिए । दुवै गोल हेड मार्फत गरिएका थिए । डेलेले खेलको ५९औँ मिनेटमा गोल गरे भने पहिलो गोल ह्यारीले ३०औँ मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच इंग्ल्यान्डका जोर्डन पिकफोर्ड भए । अब इंग्ल्यान्डले आजै राति हुने आयोजक रुस र क्रोएसियाबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

जारी विश्वकपको सेमिफाइनलमा फ्रान्स र बेल्जियम यसअघि नै प्रवेश गरिसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !