४ जेष्ठ २०८१, शुक्रबार

स्वीट्जरल्याण्डलाई १-० पराजित गर्दै स्वीडेन २४ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश


sviden

१९ असार, काठमाडौं । विश्वकप फुटबलमा मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १-० पराजित गर्दै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले त्यसपछि लगातार डिफेन्सिभ खेल खेल्यो ।

बराबरी गोल फर्काउने स्वीट्जरल्याण्डको थुप्रै प्रयासमा स्वीडेनका गोलकिपर बाधक बने । इन्जुरी टाइम नाटकीय रहृयो । काउन्टर अट्याकमा भूम बनाएका मार्टिन ओल्सनलाई फउल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिनुका साथै स्वीट्जरल्याण्डका लङ्गलाई रातो कार्ड पनि देखाए । तर, भीएआर रिभ्यूले स्वीडेनको पेनाल्टी खोसियो र फ्रि किक मात्र दिइयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !