२१ बैशाख २०८१, शुक्रबार

नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य


नेपाली महिला क्रिकेट टीम

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन । उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् ।

त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन ।

मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन । मलेसिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !