२२ बैशाख २०८१, शनिबार

नेपाललाई पाँचौ सफलता, सोमपाल कामीले लिए तीन विकेट


Sompal Kami

काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाललाई पाँचौ सफलता हात लागेको छ ।

नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको पाँचौ विकेट गएको हो । २४.१ ओभरमा सोमपालले तेस्रो विकेट लिंदै नेपाललाई पाँचौं विकेट दिलाएका हुन् ।

यसअघि सोमपालले एकै ओभरमा नामिबियाको २ विकेट लिएका थिए । यस्तै ललित राजवंशीले दुई विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा सिमित रह्यो ।

नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २४.१ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ८४ रन बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !