२४ बैशाख २०८१, सोमबार

सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुँदै


सन्दीप लामिछाने

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ आज पनि हुँदै छ । हिजो उक्त मुद्दाको अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !