२४ बैशाख २०८१, सोमबार

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अब बुधबार सुनुवाइ हुने


सन्दीप लामिछाने फाइल फोटो

काठमाडौँ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । आज सुनुवाइ नसकिएका कारण उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

आज आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो । आज जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।

भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबार हुने भएको हो । क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !