९ जेष्ठ २०८१, बुधबार

नेपाली क्रिकेट टिम आज श्रीलंकाबाट स्वदेश फर्किंदै


नेपाली क्रिकेट टीम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंकाबाट स्वदेश फर्किंदै छ । एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिम दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आउने भएको हो । एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएकाे थियाे । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !