२२ बैशाख २०८१, शनिबार

नेपालले दोस्रो विकेट गुमायो, भीम सार्की ७ रनमा आउट


भीम सार्की

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । नेपालले दोस्रो विकेट गुमाएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १८ ओभरमा दुई विकेट गुमाउँदै ८९ रन बनाएको छ ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।

यस्तै नेपालले १५.६ ओभरमा दोस्रो विकेट गुमाएको हो । नेपालका भीम सार्की ७ रनमै आउट भए । उनी रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् । अहिले आसिफ शेख र रोहित पौडेल क्रिजमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !