२४ बैशाख २०८१, सोमबार

एसिया कप खेल्न सन्दीप लामिछाने आज पाकिस्तान जाँदै


सन्दीप लामिछाने फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ खेल्नका लागि आज पाकिस्तान जाने भएका छन् । सन्दीप आज बिहान ११ बजे पाकिस्तान उड्ने तालिका रहेको छ ।

उनी बिहान ११ः२० को कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान जान लागेका हुन् । आज बिहान ११ः२० बजे कतार एयरवेजको उडानबाट उनी कतारको राजधानी दोहा पुग्नेछन् । त्यहाँबाट स्थानीय समय अनुसार १९ः४० को उडानबाट उनी पाकिस्तानको मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

स्थानीय समय अनुसार रातको १ बजे लामिछाने मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् ।

जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप आज सोमबार पाकिस्तान जान लागेका हुन् । सन्दीपको अर्को पेसी आगामी भदौ २१ गतेका लागि परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !