२४ बैशाख २०८१, सोमबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने


सन्दीप लामिछाने खुशीयाली

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँले लामिछानेविरुद्धको मुद्दामा आइतबारका लागि पुन: अन्तिम पेशी तोकेको हो ।

लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको थियो । नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।

लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन । अब भने उक्त मुद्दाको सुनुवाई निरन्तर हुने भएको हो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !