२३ बैशाख २०८१, आइतबार

सन्दीपविरूद्धको मुद्दा : न्यायाधीशद्वारा पीडितको आमाको नागरिकतासम्बन्धी कागजात माग


जिल्ला अदालत काठमाडौं

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बनधी कागजात मगाउने आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिएका हुन् । कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो ।

अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ । लामिछाने पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !