२४ बैशाख २०८१, सोमबार

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट


सन्दीप लामिछाने खुशीयाली फाइल फोटो

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेलिरहेको छ । जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा नेपाल र वेस्ट इन्डिज बीचको खेल जारी रहेको हो ।

स्पिनर सन्दीप लामिछानेले वेष्ट इण्डिजको तेस्रो विकेट लिंदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । लामिछानेले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि दोस्रो ओभर बलिङमा आएका करण केसीले दुई बल डट फाल्दै तेस्रो बलमा केल मयर्सको विकेट लिएका थिए । त्यस्तै गुल्सन झाले वेस्ट इन्डिजका जोन्सन चार्लेसलाई आउट गराएर दोस्रो विकेट लिंदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । वेष्ट इण्डिजले १६ ओभरमा ३ विकेट गुमाएर ५७ रन मात्र बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !