१४ बैशाख २०८१, शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धकाे मुद्दामा आज सुनवाइ हुँदै


सन्दीप लामिछाने फाइल फोटो

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध आज सुनुवाइका लागि पेसी तोकिएको हो ।

अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन भने आज सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने प्रवल सम्भावना रहेको छ ।

सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिएपनि हालसम्म अन्तिम सुनुवाइ हुन सकेको थिएन । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !