२२ बैशाख २०८१, शनिबार

विश्वकप लिग-२ : यूएईले टस जितेर ब्याटिङ रोज्यो, बलिङ गर्दै नेपाल


विश्वकप लिग-२

काठमाडाैँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच अन्तिम खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेदेखि खेल सुरु भएको छ ।

आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ ।

नेपाली टिममा आज टिमका प्रशिक्षक मोन्टी देशाईले करण केसीको स्थानमा गुल्शन झालाई मौका दिएका छन् । आजको खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

यसअघि नेपालले शीर्ष चारमा पक्का गरिसकेको छ । लिग-२ मा नेपल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथाे स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । आजको खेल जितेमा नेपाललाई विश्वकपमा प्रवेशका लागि बाटो खुल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !