१४ बैशाख २०८१, शुक्रबार

आईसीसी विश्वकप लिग-२ खेल्न सन्दीप यूएई प्रस्थान


सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई क्रिकेट खेल्न आजै युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि लामिछाने यूएई प्रस्थान गरेका हुन् ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले आज बुधबार दिउँसो तीन बजेको फ्लाइटमा यूएई उडिसकेको बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई क्रिकेट खेल्न आजै यूएई पठाएको हो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले हिजो मंगलबारदेखि नै तयारी सुरु गरेको थियो । यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका खेलाडी श्याम ढकाल (मौसम) घाइते भएकाले उनको ठाउँमा लामिछानेलाई पठाइएको हो ।

सर्वोच्च अदालतले गत फागुन १५ गते सोमबार क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्नुका साथै क्रिकेट खेल्न विदेश जान पनि अनुमति दिएको थियो । सर्वोच्चले विदेश जानका लागि बाटो खुला गरिदिएकोले आदेशसँग अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि सन्दीप विदेश गएका हुन् ।

यो पनि पढ्नुहोस्

सन्दीपलाई क्रिकेट खेल्न आजै यूएई पठाइने क्यानको तयारी

सर्वोच्चद्वारा सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, विदेश जान पनि अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु