६ बैशाख २०८१, बिहिबार

ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको शानदार जित


ज्ञानेन्द्र र आशिफ

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नामिबियालाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको हो । नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङको योगदान दिए ।

नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो ।

घरेलु मैदानमा जितको लागि २७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियाविरुद्ध उत्कृष्ट ब्याटिङको नमुना प्रदर्शन गरेर विजयी भएको हो ।

नेपालको जितका लागि ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए । नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।

मुख्यत: ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको शानदार जित हासिल गरेको हो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१ रन बनाए । कूल ९८ बल खेलेको उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी ज्ञानेन्द्र मल्लले ६५ रन बनाए भने कुशल मल्ले ६२ रन जोडे ।

कप्तान रोहित पौडेलले ३९ रन बनाए । सोमपाल कामी आठ रनमा अविजित रहँदा सन्दीप जोराले तीन तथा कुशल भुर्तेलले एक रन बनाएका थिए । बलिङतर्फ नामिबियाको रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने बेर्नाड स्कोटजले दुई विकेट झारे ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे ।

नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए । त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेल यही फागुन ९ गते स्कटल्याण्डसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्

दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा नेपालको सानदार जित

रोहित र कुशलको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको शानदार जित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !