१३ बैशाख २०८१, बिहिबार

दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा नेपालको सानदार जित


दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमाको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्याण्डमाथि तीन विकेटको सानदार जित हात पारेको हो ।

घरेलु मैदानमा जितको लागि २७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको योगफल बनाएको थियो ।

नेपालको जितमा दीपेन्द्र ११६ बलमा ८ चौका र १ छक्कासहित ८५ रनमा अविजित अर्धशतकीय इनिङ खेले । दीपेन्द्रको यो ओडिआई करिअरको दोस्रो उत्कृष्ट प्रदर्शन हो । त्यसअघि कुशल मल्लले अर्धशतकीय इनिङ खेलेका थिए । कुशल मल्लले ८१ रनको योगदान दिए । उनले ६७ बल खेल्दै नौ चौका र चार छक्का प्रहार गर्दै ८१ रन बनाउन सफल भएका हुन् ।

यसैगरी सोमपाल कामीले अविजित २४ रन बनाए भने गुल्सन झाले १७ रन बनाए । कुशल भुर्तेलले १६ रन जोडे । आशिफ शेखले नौ, कप्तान रोहित पौडेलले छ, सन्दीप जोराले पाँच तथा ज्ञानेन्द्र मल्लले चार रन बनाए ।

बलिङतर्फ स्कटल्याण्डका मार्क वाट र क्रिस सोलेले समान तीन–तीन विकेट लिए भने माइकल लिस्कले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले व्याटिङको गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनाएको थियो ।

स्कटल्याडका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिएका थिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् । त्यस्तै ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९–१९ रन जोडे ।

क्रिस ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यु क्रसले दुई रन मात्र बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट झारे भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए । नेपालले अब भोलि शनिबार नामिबियासँग खेल्नेछ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले आज भएको खेलमा दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा अर्को सफलता हासिल गरेको हो । यसअघि मंगलबार भएको खेलमा कप्तान रोहित पौडल र ओपनर कुशल भुर्तेलले नेपाली ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक ठूलो साझेदारीले नेपालले नामिबियामाथि शानदार जित हासिल गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !