२२ बैशाख २०८१, शनिबार

चेन्नई सुपरकिंग्सविरुद्ध दिल्ली ३४ रनले विजयी, सन्दीप बने ‘स्टाइलिस प्लेयर’


ipl

५ जेठ, काठमाण्डौ । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मचाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भए ।

उनले दास्रो खेलमा पनि कम रन दिँदै सुरेश रैनाको विकेट लिए । चार ओभर बल प्याकेका सन्दीपले २१ रन दिँदै १ विकेट लिए । उनले तेस्रो ओभरको पहिलो बलमा विजय शंकरबाट क्याच गराएका थिए ।

उत्कृष्ट प्रदर्शनसँगै सन्दीपले ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए । सोबापत उनले एक लाख भारतीय रुपैयाँ पाए । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै १६८ रन बनायो । दिल्लीका लागि ऋषभ पन्तले ३८, विजय शंकरले ३६ र हर्षल पटेलले अविजित ३६ रन बनाएका थिए ।

१६९ रनको विजय लक्ष्य पछयाएको चेन्नइले निर्धारित ओभरमा ६ विकेको क्षतिमा १२८ रनमात्र बनायो । दिल्ली भने सुपर सिक्सको रेसबाट बाहिरिइसकेको छ। सन्दीपले दिल्ली सुपर सिक्सको रेसबाट बाहिरिएपछि खेल्ने मौका पाएका हुन् । दिल्लीले अब एक खेल खेल्न बाँकी छ। उक्त खेल आइतबार मुम्बई इन्डियन्ससँग हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !