४ जेष्ठ २०८१, शुक्रबार

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश भएको हो । लामिछानेविरुद्धको मुद्दामा आज बहस सकिएपछि अदालतले सो आदेश दिएको हो । लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !